काठमाडौं । साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो–१ ईभी कार जितेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
कार हस्तान्तरण कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताए ।
उनले विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आइएमई र टिक्मोका यस्ता योजनाहरू केवल सेवा प्रदान गर्नमा मात्रै सीमित नभई परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उल्लेख गरे ।
कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आइएमई सदैव अग्रसर रहेको बताए । विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुर्याउन आइएमईले अतुलनीय भूमिका निभाएको समेत बताए ।
आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको साउदीबाट टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गते सम्म सफलतापूर्वक सञ्चालन भएको थियो। यस योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गरे ।
यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए।
त्यसैगरी, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए। साथै, बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले वीवाइडी अटो १ गाडी जित्न सफल भए ।










प्रतिक्रिया दिनुहोस्