Skip to content

पेप्सीको आधिकारिक उत्पादक वरुण बेभरेज नेपालले ९ महिनामा गर्यो पौने ६ अर्बको व्यापार 

काठमाडौं । नेपालमा पेप्सीको आधिकारिक उत्पादक तथा विभिन्न ‘कोलड्रिंग्स’ उत्पादन गर्ने वरुण बेभरेजस नेपाल गत आर्थिक वर्षको ९ महिनामा पौने ६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको ९ महिनासम्ममा ५ अर्ब ८७ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस कम्पनीले सन् २०२४ सम्म ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यसैगरी, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ, २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँ र २०२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी (ओबिड्टा÷ओआई) भने बर्सेनि बढ्दो अवस्था रहेको छ । सन् २०२१ मा २६.३ प्रतिशत रहेको यस कम्पनीको यस्तो आम्दानी सन् २०२२ मा भने घटेर २१.२ प्रतिशत कायम भएको थियो । त्यस पछिको वर्षमा भने कम्पनीको यस्तो आम्दानी बढेको हो ।

सन् २०२३ मा २२.२ प्रतिशत रहेको यस कम्पनीको ओबिड्टा सन् २०२४ मा २५.५ प्रतिशत, २०२५ मा २६.१ प्रतिशत रहेको थियो । यसैगरी, गत आवको ९ महिनामा कम्पनीको यस्तो आम्दानी २७.७ प्रतिशत कायम भएको छ।

नेपालमा बिस २०४२ मा स्थापना भएको यो कम्पनीले पेप्सीकोको आधिकारिक बिक्रेता हो । यसको दर्ता कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको छ भने उत्पादन गर्ने कारखाना काठमाडौंको पेप्सीकोलामा र नवलपरासीमा अवस्थित छन्।

यस कम्पनीले पेप्सी माउन्टेन ड्यू, स्लाइस, मिरिण्डा, सेभेन–अप, एक्वाफिना, सोडा र स्टिङ जस्ता ब्रान्डअन्तर्गत कार्बोनेटेड (ग्यास भएको) गैर–मादक पेय पदार्थहरू उत्पादन र बिक्री गर्दै आएको छ।

वरुण बेभरेजेस (नेपाल)मा वरुण बेभरेजेस भारतको को १०० प्रतिशत सेयर स्वामित्वमा रहेको छ ।

यस कम्पनीले अल्पकालीन कर्जाको लागि ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँ ऋणको पनि रेटिङ गराएको छ । कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–ए वान प्लस’ रेटिङ दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi