Skip to content

अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव बढ्यो, तेलको मूल्यमा उल्लेख्य वृद्धि

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणपश्चिमका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।

यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । उक्त सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानूनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ ।

यता, कुवेतको सेनाले इरानी आक्रमणपछि बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोनहरू अवरोध गरेको जनाएको छ । सेनाले सुनिएका विस्फोटहरू हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन् । अमेरिकाले हर्मुज जलघाँटीमा लक्षित प्रत्येक जहाज आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उहाँको प्रतिक्रिया आएको हो । इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको अराघचीले बताएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi