काठमाडौं । नेपाल सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा.रामप्रसाद धिताललाई नियुक्त गरेको छ। साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले ल्याएको पछिल्लो अध्यादेशले अधिकांश नियुक्तिहरू खारेजीमा पर्दा उनी पनि स्वतः बर्खास्त भएका थिए। उनै धिताललाई सरकारले पुनः आयोगमै नियुक्ति दिएको हो।
डा.धिताल ऊर्जा, विद्युत् नियमन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ ऊर्जा विज्ञ, नीतिनिर्माता तथा व्यवस्थापक हुन्।









प्रतिक्रिया दिनुहोस्