Skip to content

एक वर्षमा साढे २९ अर्बभन्दा बढीको ईभी आयात, चीनबाट सबैभन्दा धेरै भित्रिए

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा नेपालले अनएसेम्बल्डसहित ३१ हजार ५३२ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात गरेकाे छ गत आर्थिक वर्षमा नेपालमा २९ अर्ब ६९ करोड ४१ लाख २७ हजार रुपैयाँ बराबर ईभी आयात भएको हाे ।
ईभी आयात  गरेर सरकारले १७ अर्ब ६ करोड ९९ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार नेपालमा आयात भएका ईभीमध्ये चीनबाट सबैभन्दा धेरै २६ हजार ३२ वटा सवारीसाधन भित्रिएका छन्। चीनबाट मात्रै २३ अर्ब ७८ करोड ६१ लाख १६ हजार रुपैयाँ बराबरका ईभी आयात हुँदा १ करोड ३७ लाख ९० हजार ९५३ रुपैयाँ ९१३ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ० राजस्व संकलन भएको छ।
दोस्रो स्थानमा रहेको भारतबाट ४ हजार ६४० वटा ईभी आयात भएका छन्। भारतबाट ५ अर्ब ८३ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरका सवारी आयात हुँदा सरकारले २ अर्ब ८० करोड ६८ लाख ९७७ रुपैयाँ राजस्व प्राप्त गरेको छ।
यस्तै, थाइल्यान्डबाट ८२४ वटा ईभी २३ करोड ६७ लाख ५७ हजार २ रुपैयाँ बराबर आयात भएका छन् भने यसबाट १५ करोड ९ लाख २१ हजार रुपैयाँ राजस्व उठेको छ। त्यसैगरी जर्मनीबाट १४ वटा, अमेरिकाबाट १२ वटा, दक्षिण कोरियाबाट ८ वटा, अष्ट्रियाबाट १ वटा र बेलायतबाट १ वटा ईभी नेपाल भित्रिएका छन्।
क्षमताका आधारमा हेर्दा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यान सबैभन्दा बढी आयात भएका छन्। यो वर्गमा चीन, भारत, थाइल्यान्ड र बेलायतबाट गरी ६ हजार ३५७ वटा सवारी आयात भएका छन्। त्यसपछि ५० किलोवाटसम्मका कार, जिप र भ्यान चीन र भारतबाट गरी ३ हजार ६८२ वटा आयात भएका छन्।
तीन पाङ्ग्रे विद्युतीय सवारीतर्फ भने अनएसेम्बल्ड इलेक्ट्रिक थ्री–ह्वीलर सबैभन्दा धेरै आयात भएका छन्। चीन र भारतबाट गरी १० हजार ८०५ वटा अनएसेम्बल्ड थ्री–ह्वीलर तथा ९ हजार ५९ वटा तयार इलेक्ट्रिक थ्रीह्वीलर नेपाल भित्रिएका छन्।
यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ७९८ वटा, २०१ देखि ३०० किलोवाट क्षमताका १० वटा उच्च क्षमताका ईभी आयात भएका छन्। अन्य श्रेणीका ८२१ वटा विद्युतीय सवारी पनि आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi