काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष चैतसम्मको कम्पनी ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्म कम्पनीको नाफा ५४ करोड ८२ लाख रुपैयाँ थियो।
यसैगरी, चैत मसान्तसम्म कम्पनीको सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ र स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड २३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको थियो।
गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८३ करोड ५३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२३ प्रतिशतले घटेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्