Skip to content

नेपालीले १ वर्षमा साढे ७६ हजार किलो सिन्काले कोट्याए दाँत, २ करोड ८१ लाख रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गर्दा करोडौ रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्षमा २ करोड ८१ लाख ८२ हजार रुपैयाँ बराबरको टुथपिक आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालमा ७६ हजार ६१४ किलो टुथपिक आयात भएको छ ।

टुथपिक आयात गरेर राज्यले १ करोड १ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा टुथपिक चीन, भारत र थाइल्यान्ड बाट आयात हुने गरेको छ ।

विभागका अनुसार गत आवको असार मसान्तसम्म सबैभन्दा धेरै टुथपिक चीनबाट आयात भएको छ । चीनबाट २ करोड ८० लाख ५७ हजार रुपैयाँको ७५ हजार ९११ किलोग्राम टुथपिक आयात भएको छ । जसमा ४३ हजार ४८९ किलो टुथपिक र ३२ हजार ४२२ किलोग्राम काठको टुथपिक आयात भएको छ ।

यस्तै भारतबाट ५०० किलोग्राम टुथपिक आायात भएको छ । जसमा टुथपिक ७५ र काठको टुथपिक ४२५ किलोग्राम आयात गरिएको छ । टुथपिक आयात गर्दा भारतमा नेपालबाट १ लाख १३ हजार बाहिरिको छ ।

यस्तै थाइल्यान्डबाट २०२ किलोग्राम काठको टुथपिक आयात भएको छ । यसको मूल्य ११ हजार रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi