Skip to content

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो उपलब्ध, स्मार्ट जीवनशैलीका लागि नयाँ विकल्प

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरूको आकर्षक पोर्टफोलियो उपलब्ध छ ।

उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले रियलमी बड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्स टी५०० प्रो तथा रियलमी वाच डब्लू५ नेपाली बजारमा उपलब्ध रहेको छ ।

दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको रियलमी बड्स टी१०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, आईपीएक्स५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केससहित कुल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य २ हजार ४९९ रुपैयाँ रहेको छ ।

उत्कृष्ट र अझ गहिरो अडियो अनुभव चाहने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी२०० मा १२.४ एमएम डाइनामिक बास ड्राइभर, हाई–रेज अडियो सपोर्ट, ब्लुटुथ ५.४ तथा बाह्य आवाज कम गर्ने एक्टिभ न्वाइज क्यान्सलेसन (एएनसी) सुविधा उपलब्ध छ ।
साथै, यसमा टच कन्ट्रोल, आईपी५५ रेटिङसहितको पानी र पसिनाबाट सुरक्षित रहने सुविधा तथा एकपटकको चार्जमा १० घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ ।

हरियो रंगमा उपलब्ध रियलमी बड्स टी२०० को मूल्य ४ हजार ४९९ तोकिएको छ । प्रिमियम अडियो अनुभव र एआईमा आधारित स्मार्ट सुविधाको खोजी गर्ने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स टी५०० प्रो मा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१, एक्टिभ न्वाइज क्यान्सलेसन तथा एकपटक चार्जमा १३.५ घण्टासम्म प्लेब्याकको सुविधा छ ।

साथै, यसमा एआई लाइभ ट्रान्सलेटर र एआई फेस–टु–फेस ट्रान्सलेटर जस्ता सुविधा समावेश गरिएका छन्, जसले विभिन्न भाषा बीचको प्रत्यक्ष संवादलाई अझ सहज बनाउँछ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य ७ हजार ४९९ तोकिएको छ । यस्तै रियलमी वाच डब्लू५ मा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निरन्तर अनुगमन गर्ने सुविधा सुविधा, स्मार्ट कनेक्टिभिटीका विभिन्न फिचर तथा सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ ।

यो स्मार्टवाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका डिभाइससँग उपयुक्त छ । कालो रंगमा उपलब्ध यस स्मार्टवाचको मूल्य १० हजार ९९९ निर्धारण गरिएको छ । स्मार्ट वेयरेबल उत्पादनहरूको पोर्टफोलियोलाई निरन्तर विस्तार गर्दै रियलमीले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

उत्कृष्ट वायरलेस अडियो अनुभव देखि स्मार्ट जीवनशैलीलाई सहज बनाउने वेयरेबल प्रविधिसम्म, कम्पनीका यी उत्पादनहरूले स्मार्ट, सुविधाजनक र अझ बढी कनेक्टेड जीवनशैली अपनाउन चाहने उपभोक्ताका लागि भरपर्दो विकल्प प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi