Skip to content
Prabhu

चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा

 

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारणसभाको मिति तोकेको छ। कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २३ गतेका लागि वार्षिक साधारणको मिति तोकेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधराण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दई जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा पनि छन् ।

कम्पनीको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्ने छ । यसका आधारमा असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal