Skip to content

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुनको मुल्य तोलाको १६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलामा २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ६० रुपैयाँले बढेको छ ।
आज तोलामा ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi