Skip to content

दाबी भुक्तानी गर्दा नयाँ बीमालेख खरिद गर्न बाध्य नपार्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानी गर्दा सेवाग्राहीलाई नयाँ बीमालेख खरिद गर्न बाध्य नपार्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित जीवन बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्दा केही बीमा कम्पनीहरूले बीमितलाई पुन: नयाँ बीमालेख खरिद गर्न अनावश्यक दबाब दिने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणले दाबी भुक्तानी प्रक्रिया र नयाँ बीमालेख खरिद गर्ने विषयलाई एकअर्कासँग नजोड्न स्पष्ट निर्देशन दिँदै दाबी भुक्तानीका क्रममा बीमितलाई कुनै पनि प्रकारको प्रभाव, दबाब वा प्रलोभनमा पारेर नयाँ बीमालेख खरिद गराउन नपाइने जनाएको छ।

सहायक निर्देशक सुदिप गिरीद्वारा जारी सूचनामा दाबी भुक्तानीका क्रममा बीमालेख खरिद गर्न बाध्य पारिएको वा अनुचित दबाब दिइएको पाइएमा बीमा ऐन, २०७९ बमोजिम सम्बन्धित बीमा कम्पनीमाथि कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

प्राधिकरणले सबै इजाजतपत्रप्राप्त जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीलाई दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सेवाग्राहीमैत्री बनाउन निर्देशनसमेत दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi