Skip to content
Prabhu

असार २७ मा मनकामना स्मार्ट लघुवित्तको लकइन अवधि सकिने

 

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि असार २७ गते सकिने भएको छ । कम्पनीको १० लाख बढी कित्ता सेयरको लक इन अवधि असार २७ गते सकिने भएको हो ।

यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारण (कर्मचारीहरूसमेत) मा बिक्री खुला गरेको आईपीओ असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

सोहीबमोजिम हाल कम्पनीको १० लाख ८ हजार ३५.४३ कित्ता संस्थापक सेयर र ७ हजार ४२४.५३ कित्ता कर्मचारीहरूको सेयर (बोनस सेयर समेत) लक इनमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal