Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.९८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।
नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ । बाँकी दुई उपसमूहको परिसूचक बढेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै घटेको छ।  आज बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य कम्पनीहरुकोको मूल्य वृद्धिदर भने यस दिन ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १३.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज ग्लोबल आइएमई बैंकको २८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi