Skip to content

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८३–८४ को वैशाख महिनामा सञ्चालन गरेको मासिक व्यावसायिक योजना अन्तर्गत निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, व्यवसाय प्रबन्धक तथा देशभरका करिब ३०० जना अभिकर्ताको सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२–८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यावसायिक सूचकाङ्कमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै त्यसमा योगदान पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी थप प्रतिबद्ध रहने र अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउँदै व्यवसाय विस्तारमा जोड दिइने बताए।
कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले बीमा व्यवसायमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एमडीआरटी लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यशैली तथा व्यावसायिक सीपबारे विभिन्न उदाहरणसहित प्रशिक्षण दिएका थिए। प्रशिक्षणले सहभागी अभिकर्ताहरूलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।
प्रशिक्षणपछि आयोजित सांस्कृतिक कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए। त्यसैगरी गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल तथा गायक दीपक बज्राचार्य एण्ड रिदम ब्यान्डको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो। चर्चित डीजे अमुको प्रस्तुतिमा सहभागी अभिकर्ताहरूले मनोरञ्जन लिँदै कार्यक्रमको समापन गरेका थिए।
कम्पनीका अनुसार यस्ता कार्यक्रमले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा अभिवृद्धि तथा संस्थाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi