Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगबलार सेयर बजार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबै घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार मापक नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा झरेको हो ।
यसैगरी, गरी आज सेयर कारोबार रकममा पनि गिरावट आएको छ। साताको पहिलो कारोबार दिन सोमबार ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँमात्रको कारोबार भएको हो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
आज एभरेष्ट कलर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  यसैगरी, आज लक्ष्मी उन्नति कोषको इकाईमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य  सबैभन्दा धेरै घटेको छ। यस कम्पनीको सेयर मूल्य आज ६.०७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २७ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T