Skip to content

उपभोक्ताको गुनासोपछि उद्योगमन्त्री यादवद्वारा २ ग्यास उद्योगको निरीक्षण

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छिन् ।

उनले काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी हुन् ।

उपभोक्ताहरूले ग्यासको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेको बताइएको छ ।

उद्योगीहरूले अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो गरे ।

मन्त्री यादवले ग्यासको अभाव हुन नदिन व्यवसायी प्रयोजन भन्दा घरायसी प्रयोजनलाई प्रथामिकता दिएर ग्यासको बिक्री वितरण गर्न निर्देशन दिएकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi