Skip to content

यस्तो छ साउनदेखि बढेको कर्मचारीको तलबमान, कसले कति पाउँछन् ? 

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३–८४ देखि लागू हुने गरी निजामती सेवाका कर्मचारीहरूको तलबमान सार्वजनिक गरेको छ । अर्थमन्त्रालयका प्रकाशित गरेको तलबमानअनुसार साउन १ गतेदेखि मुख्य सचिवको सुरुवाती मासिक तलब ८४ हजार ९३२ कायम गरिएको छ । यसैगरी,  दुई ग्रेड र प्रतिग्रेड २ हजार ८३१ का दरले मुख्य सचिवको अधिकतम मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ ।
यसैगरी, राजपत्राङ्कित विशिष्ट श्रेणीको सुरुवाती तलब ७९ हजार २९० रुपैयाँ र अधिकतम तलब ८४ हजार ५७६ रुपैयाँ पुग्ने व्यवस्था गरिएको छ।  राजपत्राङ्कित प्रथम श्रेणीको सुरुवाती तलब ६२ हजार ४६६ रुपैयाँ र अधिकतम ७७ हजार ४० रुपैयाँ कायम भएको छ।
राजपत्राङ्कित द्वितीय श्रेणीको सुरुवाती तलब ५३ हजार ६११ रुपैयाँ र राजपत्राङ्कित तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तोकिएको छ । यसैगरी, राजपत्र अनङ्कित प्रथम, द्वितीय, तृतीय र चतुर्थ श्रेणीका कर्मचारीका लागि पनि छुट्टाछुट्टै तलबमान र ग्रेड दर निर्धारण गरिएको थियो।
अनुसूचीमा हेभी तथा हलुका सवारी चालकका विभिन्न तहका कर्मचारीका लागि समेत अलग तलबमानको व्यवस्था गरिएको छ। पाँचौँ तहका हेभी सवारी चालकको सुरुवाती तलब ४५ हजार ७१७ रुपैयाँ तथा हलुका सवारी चालक पाँचौँ तहको सुरुवाती तलब ४३ हजार ७९४ कायम रुपैयाँ  छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi