Skip to content

सुनसरी घटनामा बोल्यो प्रधानमन्त्री कार्यालय

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेसा गर्न गृह मन्त्रालयले समिति गठन गरेको जानकारी दिए ।

विज्ञप्तिमा घटनमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

कार्यालयले नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खल्बल्याउने कार्य नगर्न सबैमा अपिल गरेको छ ।

यस स्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिनक तथा धार्मिक सद्भाव कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T