Skip to content

सर्वदलीय बैठक जारी

 

काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन् ।

बैठकका संयोजक दाहालले विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद्का बेला वा जटिल राजनीतिक अवस्थामा साझा सहमति कायम गरिएको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता रहेको बताए । उनले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima