काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्