काठमाडौं । नेपालमा एक वर्षमा करिब ४० लाख किलो ट्वाइलेट पेपर, टिस्यु पेपर, नेपकिन तथा फेसियल टिस्यु आयात भएको छ ।
भन्सार विभागका अनुसार एक वर्षको अवधिमा ३९ लाख ८९ हजार ६७७ किलो ट्वाइलेट पेपर आयात हुँदा ६९ करोड ८४ लाख ९५ हजार रुपैयाँ बाहिरिएको छ । उक्त रकम बाहिरिँदा राज्यले १८ करोड ७६ लाख १७ हजार रुपैयाँ राजस्व पाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा बढी ट्वाइलेट पेपर, टिस्यु पेपर, नेपकिन तथा फेसियल टिस्यु भारतबाट आयात भएको छ । भारतबाट गत आवमा नेपालमा ३३ लाख ५४ हजार ६४० कित्ता ट्वाइलेट पेपर, टिस्यु पेपर, नेपकिन तथा फेसियल टिस्यु आयात हुँदा ५६ करोड ३२ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ ।
यसबापत राज्यले १५ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व पाएको छ । यस्तै धेरै आयात ट्वाइलेट पेपर, टिस्यु पेपर लगायत हुने दोस्रो देशमा बंगलादेश रहेको छ । बंगलादेशबाट नेपालमा ४ लाख २ हजार ४६७ किलो आयात हुँदा नेपालबाट ६ करोड ९९ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।
राज्यले भने १ करोड ९४ लाख ६५ हजार रुपैयाँ कर पाएको छ । यस्तै चीनबाट २ लाख ३२ हजार २४७ किलो ट्वाइलेट पेपर, टिस्यु पेपर, नेपकिन तथा फेसियल टिस्यु आयात भएको छ । यसबापत ६ करोड ५१ लाख ८६ हजार बाहिरिएको छ । राज्यले १ करोड ४१ लाख ६६ हजार कर पाएको छ ।
नेपालमा ट्वाइलेट पेपर, टिस्यु पेपर, नेपकिन तथा फेसियल टिस्यु जापान, थाइल्यान्ड, कतार, साउदी अबर, हङकङ, अमेरिका, कुवेत लगायत देशबाट आयात हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्