Skip to content

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १५ प्रतिशतभन्दा बढीले बढ्यो, उच्च स्थानमा शिखर इन्स्योरेन्स 

काठमाडौं। गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षसम्म निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँमात्रको व्यवसाय गरेका थिए ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा व्यवसाय ८.४० प्रतिशतले बढेर ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ । हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सको व्यवसाय सर्वाधिक वृद्धि भएको छ । हिमालयनको व्यवसाय ३१ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड र एनएलजीको ३७ प्रतिशतले बढेर ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

यता, क्रमशः सिद्धार्थ प्रिमियरको कुल बीमा शुल्क आर्जन ०.१७ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड, , द ओरियन्टलको २० प्रतिशतले बढेर ३ अर्ब २५ करोड, युनाइटेड अजोडको ११.९५ प्रतिशतले बढेर ३ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशतले बढेर २ अर्ब २१ करोड र प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशतले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले व्यवसाय गरेको छन् । वर्षदिनको अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi