Skip to content

अमेरिकामा सुरक्षा चिन्ता, विदेशी रोबोट तथा इन्भर्टर आयातमा रोक

काठमाडौं । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ ।

यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसीलाई अवैद कार्यका लागी सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्छ भन्ने चिन्तालाई उद्धृत गर्दै आयातमा रोक लगाएको जनाइएको छ ।

अमेरिकी फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) द्वारा घोषणा गरिएको नयाँ प्रतिवन्दीत उपायले आयातित ड्रोन र तार रहित राउटरलाई लक्षित गर्ने हालैका कार्यहरू पछ्याउँदै विदेशी प्रविधिमा प्रतिबन्धहरू कडा पार्ने ट्रम्प प्रशासनको प्रयास विस्तार गरेको जनाइएको छ ।

घोषणा अनुसारका प्रतिबन्धले उन्नत मोबाइल रोबोटहरू समावेश गर्दछ, जसले सौर्य ऊर्जा स्थापनाहरूलाई बिजुली ग्रिडमा जोडन मद्यत गर्दछ ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई प्रमुख प्राथमिकताहरूसँग मेल खाने र कृतिम बौद्धिकता (एआई) मा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गरी चिनियाँ निर्माताहरूको प्रभुत्व रहेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पको नेतृत्व पछ्याउँदै, एफसीसीले अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित गर्न आफ्नो भूमिका जारी राख्ने र समय अनुसार कार्यका साथ, एफसीसीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग आवाश्कता अनुसार समन्यवय गरेको एफसीसीका अध्यक्ष ब्रेन्डन कारले विज्ञप्ति मार्फत जनाए ।

ट्रम्प प्रशासनले गरेको अन्तर एजेन्सी समीक्षाले प्रविधिहरूले अमेरिकी आपूर्ति श्रृङ्खलालाई साइबर कमजोरी पर्दाफास गरी अमेरिकीहरूको निगरानीसम्मका जोखिमहरू सिर्जना गर्न सक्ने बताइएको छ ।

निर्णयको एक भागको रूपमा, एफसीसीले राष्ट्रिय सुरक्षा जोखिमका रूपमा मानिने उपकरण र सेवाहरूको सूची अद्यावधिक गरेको छ । यसले प्रभावित उपकरणहरूको प्राधिकरणलाई रोक्छ र नयाँ निर्दिष्ट उपकरणहरूलाई संयुक्त राज्य अमेरिकामा प्रयोग हुनबाट रोक्ने जनाइएको छ ।

एफसीसीले प्रतिबन्धहरू उन्नत रोबोट र पावर इन्भर्टरहरूको नयाँ मोडेलहरूमा मात्र लागू हुने प्रष्ट पारेको छ । यसले सञ्चालनमा रहि रहेका अधिकृत मोडेलहरू प्रभावित नहुने पनि जनाएको छ । जसले उपभोक्ताहरू र व्यवसायहरूलाई व्यवस्थित उपकरणहरू प्रयोग गर्न जारी राख्न अनुमति दिन्छ भने खुद्रा विक्रेताहरूलाई पहिले नै स्वीकृति प्राप्त गरिसकेका उत्पादनहरू बेच्न सक्षम बनाउँछ । यी उपायहरूले सङ्घीय सरकारको विद्यमान खरिद वा त्यस्ता उपकरणहरूको प्रयोगलाई पनि असर नगर्ने जनााइएको छ ।

ट्रम्प प्रशासनले विदेशमा निर्मित ड्रोन र तार रहित राउटरहरूका लागि सुरु गरिएको जस्तै छुट प्रक्रिया पनि स्थापना गरेको छ । उन्नत रोबोट र पावर इन्भर्टरका निर्माताहरूले एफसीसी आवेदन प्रक्रिया मार्फत नयाँ उत्पादनहरूका लागि सशर्त स्वीकृति लिन सक्ने पनि जनाइएको छ ।

घोषणाको साथमा जारी गरिएका कागजातहरूमा, एफसीसीले उन्नत रोबोटिक्सले उत्पन्न गरेको सुरक्षा जोखिमहरूको मूल्याङ्कनको विस्तृत विवरण दिएको छ । उन्नत रोबोटिक प्रणालीहरूको सञ्जाल क्षमताहरूले आक्रमणका लागि व्यापक कमजोरीहरू र नयाँ उपायहरु सिर्जना गरी उन्नत रोबोटिक प्रणालीको तथ्याङ्क र भौतिक सञ्चालनलाई हेरफेर गर्न सक्ने एफसीसीले जनाएको छ ।

विदेशमा उत्पादित उन्नत रोबोटिक उपकरणहरू आपूर्ति श्रृंखला र साइबर सुरक्षामा कमजोरीहरू प्रस्तुत गरी उन्नत रोबोटिक उपकरणहरूले तथ्याङ्क सङ्कलन गरेर घातक व्यक्तीहरुलाई अमेरिकीहरूको सर्वेक्षण गर्न, विदेशी सेवाहरूको क्षमता बढाउने वा रोबोटहरूलाई टाढाबाट कमान्ड गर्न सक्ने आंकलन गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi