Skip to content

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र निष्कासन, कति पाइन्छ ब्याज ?

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आजदेखि सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ।

बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । प्रति इकाइ १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाइ ऋणपत्र निश्कासन गरेको हो ।

कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।

ऋणपत्रमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम २५ देखि अधिकतम सम्पूर्ण इकाइमा आवेदन दिन सकिने छ।

ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको छ । यसको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi