काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आजको बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलले उठेर विरोध जनाएका छन् ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।







प्रतिक्रिया दिनुहोस्