काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद खुश्बु ओलीले अहिले प्रधानमन्त्री बालेन्द्र शाह कुन खुपीमा रहेको भन्दै प्रश्न गरेकी छिन् ।
संसदले दुई महिनादेखि खोज्दा समेत नभेटिएका प्रधानमन्त्री शाह सुनसरीको घट्नामा समेत नदेखिएको बताइन् । यसअघि हुने कुनै पनि खालका घट्नामा प्रधानमन्त्री वा राष्ट्राध्यक्षले सम्बोधन गर्ने गरेको स्मरण गर्दै अहिले प्रधानमन्त्री कुन खुपीमा रहेको भन्दै प्रश्न गरिन् ।
उनले प्रतिनिधि सभाको बैठकमा सांसद ओलीले सुनसरीको घट्नामा प्रधानमन्त्रीले फेसबुक शासन प्रणाली मार्फत प्रहरीको गोली लागेर ज्यान गएको भन्नु कत्तिको जायज भएको र त्यसको आधार के हो ? भन्दै प्रश्न गरिन । उनले प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले सामाजिक सञ्जाल मार्फत सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए भनेर लेख्ने आधार के हो कसले अध्ययन गरेको भन्दै प्रश्न गरिन ।
प्रहरीले हवाई फायर भन्ने, प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश दिएको छैन, प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो भन्ने आधार के हो, गोली कसले चलायो भन्दै त्यसको आधार सांसद ओलीले मागिन् ।







प्रतिक्रिया दिनुहोस्