Skip to content

एनएमबि बैंकले सुरुगर्यो पुराना विद्युतीय सवारीसाधन कर्जा सुविधा 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न सहज बनाउने उद्देश्यले पुराना विद्युतीय सवारीसाधन कर्जा सुविधा सुरु गरेको छ।
दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले यस पहलमार्फत नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको पहुँचलाई अझ सहज, किफायती र सर्वसुलभ बनाउने विश्वास व्यक्त गरेको छ।
बैंकका अनुसार यो कर्जा सुविधा सरल तथा छिटो प्रक्रियामार्फत व्यक्तिगत र व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखा कार्यालय वा बैंकका डिजिटल माध्यममार्फत सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन्।
ग्राहकको आवश्यकता अनुरूप नवीन तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउँदै आएको एनएमबि बैंकले यस सुविधामार्फत वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरेको छ।
हाल एनएमबि बैंकले देशभर रहेका १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi