Skip to content

प्रधानमन्त्री शाह राष्ट्रका नाममा सम्बोधन गरे लगत्तै राष्ट्रपति निवासमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरे लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा देशको वर्तमान अवस्था, शान्ति-सुरक्षा तथा समसामयिक विषयवस्तुबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज केही समयअघि राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi