Skip to content

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी 

nabil
global ime
काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्ले लाई  ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्क भएको जीवन बीमा गरेक थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा लिएका थिए  ।
केही समयअघि बीमित हरि प्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार ५० लाख दाबी रकम भुक्तानी गरेको हो ।
उक्त दाबी भुक्तानीसँगै निजले ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T