काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन् ।
प्रहरीले आइतबार राति प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता,शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्