Skip to content

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ८२.९६ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२–८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ८२.९६ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा १ अर्ब १८ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
असार मसान्तसम्म आउँदा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकले १६.८६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, असार मसान्तसम्म बैंकको सञ्चालन नाफा ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। जसको कारण बैंकको खुद नाफा बढेको हो ।
बैंकको नाफा बढेसँगै लाभांश क्षमता पनि बढेको छ । असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजीका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा रहेको छ ।
गत आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्म बैंकले ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९० करोड रु७१ लाख पैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.२७ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.५२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.२४ रुपैयाँ थियो। पीई रेसियो १७.६४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima