काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले मंगलबार अर्थमन्त्री डा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेटका लागि मन्त्रालयमा बोलाएका थिए ।
उक्त भेटमा सीइओहरुले मन्त्री वाग्लेलाई एकै खाले सुझाव दिएका छन् । मन्त्री वाग्लेले सीईओहरुलाई स्वागत मन्तव्यमा लोन ग्रोथ किन हुन सकेन भन्ने चिन्ता जाहेर गरेका थिए ।
मन्त्री वाग्लेले व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ? बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ?
यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ? बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? जस्ता प्रश्न गरेका थिए ।
त्यसको जवाफमा सीईओहरुले निजी क्षेत्र माथीको धरपकड बन्द गर्नुपर्ने, व्यवसायीक वातावरण, लोन दिन नडराउने अवस्था, व्यवसायीक वातावरण चाहिने, जलविद्युतमा पीपीए खोल्नुपर्ने, ठूलो उद्योग चाहिने, ठेक्का छिटो लगाउनु पर्ने विषयलाई सबैले प्राथमिकता दिएका छन् ।
छलफलमा सहभागी एक सीईओले सरकारले व्यवसायीमाथि धरपकड रोक्ने, निजी क्षेत्रको मनोबल बढाउने काम गर्न
सुझाव दिएको बताए ।
विराटनगरका उद्योगी बेनीगोपाल मुन्दडाको निवासमा सोमबार गरिएको प्रहरी अपरेसनको विषयलाई स्मरण गराउँदै
सरकारको धरकपडका घटनाले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने बताएको छ । यही कारण पनि न्यून ब्याजदर हुँदा, बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि कर्जा जान नसकेको जानकारी मन्त्रीलाई गराएको ती सीईओले बताए ।
ब्याजदर कम हुँदा कर्जाको माग बढाउन निजी क्षेत्रको मनोबल बढाउन सबैले सुझाव दिएको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पनि बताए । उनले भेटमा सरकारले ठूला परियोजनाको काम समयमा नै सुरु गर्न सुझाव दिएको बताए ।
समयमा नै ठूला परियोजना सुरु हुँदा सिमेन्ट, छड लगायतको माग बढने, त्यसले कर्जाको माग बढाउने सुझाव दिएको उनको भनाइ छ ।
साथै जलविद्युत् क्षेत्रमा कर्जाको माग बढिरहेको समयमा विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) पनि समयमा नै खोल्न तथा आवश्यक सहजीकरण गर्न सुझाव दिएको कोइरालाको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्