काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्ने भएको छन् ।
गभर्नर र डेपुटी गभर्नरलाई बाइपास गरेका अर्थमन्त्री वाग्लेले १८ जना कार्यकारी निर्देशकलाई बोलाएका हुन् ।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ ।
गभर्नर र डेपुटी गभर्नरसँग नियमित भेट हुने बाहना बनाउँदै मन्त्रालयले कार्यकारी निर्देशकसँग पहिलो पटक छलफल गर्न लागेका हुन् ।
छलफल आज बिहान ९:१५ बजे अर्थ मन्त्रालयमा हुनेछ ।





प्रतिक्रिया दिनुहोस्