काठमाडौं । एभरेस्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
बैैंकले गत आवको असार मसान्तसम्म ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ०.४९ प्रतिशते बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता ३८ रुपैयाँ ३२ पैसा छ ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ४७ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्