Skip to content

लुम्बिनी विकास बैंकले कसरी कमायाे साढे २०० प्रतिशतभन्दा बढि नाफा?

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा लगायतका सबै सूचकहरू सकारात्मक देखिएको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म  ८५ करोड १० लाख रुपैयाँ नाफा  आर्जन गर्न सफल भएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा २५२.९६ प्रतिशतले बढेको । अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
कर्जा असुलीमा आएको सुधारका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट उल्लेख्य घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ। जसको कारण बैंकको नाफा लगायतका सूचकहरू सकारात्मक भएका हुन।  समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ।
नियमनकारी समायोजनहरूपश्चात् बैंकले सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने आधार बलियो बनाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्षको सञ्चित नाफासमेत जोड्दा गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ कायम भएको छ। यस अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ ९ प्रतिशत मात्र थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ कायम छ। सञ्चित नाफा र जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
बैंकले ग्राहकहरूबाट ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षसम्म यस बैंकको खराब कर्जा ६.९४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस बैंकको एनपीएलि ४.७१ प्रतिशत रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T