Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति तोकेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्ने एजेण्डासहित इन्स्योरेन्सले साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्सले असार १८ गते २३ औँ र २४ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal