Skip to content

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष, सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालक सदस्यलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले साउन २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अदालतले दुवै पक्षको छलफलबाट अर्को आदेश नभएसम्म पक्राउ नगर्न आदेश दिएको हो।

स्मार्ट सेल प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालक सदस्यलाई तत्काल पक्राउ गर्ने तयारी रहेको थियो ।

स्मार्ट सेल प्रकाणमा अनुसन्धान गरिरहेको सिआइवीले जिल्ला अदालत काठमाडौंबाट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा सदस्यहरुलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T