काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष ऋषिराज मोरलाई विषेश अदालतले सम्पति शुद्धीकरणको मुद्दामा १ करोड धरौटीमा माग गरेको छ ।
अदालतका सदस्यहरु नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार थुनछेक बहसपछि मोरलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
गत जेठ २८ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा मोरका साथै दीपक भट्ट, सुलभ अग्रवाल लगायत ३९ जनाविरुद्ध दायर भएको थियो । भट्ट र अग्रवाल पुर्पक्षका लागि हाल कारागारमा छन् ।







प्रतिक्रिया दिनुहोस्