Skip to content

७ महिनामा विदेशी मुद्रा संचिति १८ खर्ब ४४ अर्ब पुग्यो, साढे १४ महिनाको आयात धान्न पुग्ने

 

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४.७ महिनाको वस्तु आयात गर्न पुग्ने मुद्रा संचिति रहेको छ। आयात घट्दा विदेशी मुद्दा संचितिमा वृद्धि भएको छ।  चालु वर्ष सुरुवाती देखिनै मुद्रा संचितिमा सुधार आइरहेको छ।

चालु वर्षको ७ महिनासम्ममा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। यो रकम अमेरिकी डलरअनुसार १३ अर्ब ८९ करोड मौज्दात छ।  राष्ट्र बैंकको सो रकमले १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने जनाएको छ।

बैंकका अनुसार वैदेशिक मुद्रा संचिति गत वर्षको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको छ। मुद्रा संचिति कुल गार्हस्थ्य उत्पादनको तुलनामा ३४.३, कुल आयातको अनुपातमा १०२.४ प्रतिशत रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi