Skip to content

बाढीपहिरोले टिमुरेका ९ बैंक शाखामा क्षति, कर्मचारीको अवस्थाबारे खोजी हुँदै

काठमाडौं । रसुवाको टिमुरे बजारमा आएको बाढीपहिरोका कारण त्यहाँ सञ्चालनमा रहेका ९ वटा बैंकका शाखा कार्यालयमा क्षति पुगेको छ । उक्त स्थानमा रहेको बैंक शाखामा पूर्ण रूपमा क्षति पुगेको हो ।
बैंक शाखाका कर्मचारीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले लगानी न्यूजलाई बताए । । केही कर्मचारी सम्पर्कमा आउन थाले पनि केहीसँग भने अझै सम्पर्क हुन नसकेको उनले बताए ।
उनका अनुसार कर्मचारीसँग सम्पर्क हुन नसक्दा शाखामा भएको क्षतिको यकिन विवरण संकलन गर्नसमेत समस्या भइरहेको छ । शाखा कार्यालयहरू सुरक्षित रहेको अपेक्षा गर्न सकिने अवस्था नरहे पनि अहिले प्राथमिकता कर्मचारीहरूको अवस्थाबारे जानकारी लिइरहेको उनले जानकारी दिए ।
टिमुरेमा सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा रहेको जानकारी प्राप्त भएको अध्यक्ष कोइरालाले बताए ।
बाढीपहिरोबाट टिमुरे बजारका अन्य संरचनासमेत प्रभावित भएका छन् । बैंकका शाखा तथा कर्मचारीको अवस्थाबारे थप विवरण संकलन भइरहेको बैंकर्स संघले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T