Skip to content

बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखामा क्षति, कर्मचारीसहित ७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखामा क्षति पुगेको छ। बाढीपछि बैंकका कर्मचारीसहित ७ जना सम्पर्कविहीन भएका छन्।

टिमुरे शाखाका एक जना कर्मचारी हराइरहेका छन् भने स्याफ्रुबेसी शाखाका तीन जना कर्मचारीसहित ६ जना सम्पर्कविहीन भएका छन्। बैंकका सूचना अधिकारी प्रमोद आचार्यले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गरिएको जानकारी दिए।

आचार्यका अनुसार सम्पर्कविहीन कर्मचारी तथा अन्य व्यक्तिको लोकेसन ट्र्याक गर्ने काम भइरहेको छ। उनीहरूको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक सबै प्रयास भइरहेको बैंकले जनाएको छ।

बाढीका कारण दुवै शाखामा क्षति पुगेपछि बैंकले प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण संकलन गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T