काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले असार समान्तसम्म ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३०५.९६ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेर र इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । जसको कारण कारण बैंकको खुद नाफामा उछाल आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशत बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिसम्म बैंकको यस्तो आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँमात्र थियो ।
यसैगरी, यस अवधिसम्म आउादा बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशत बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी १५ अर्ब १९ करोढ ४० लाख रुपैयाँ रहेको थियो ।
गत आवसम्म आउँदा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशत बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकको यस्तो नाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँमात्र रहेको थियो ।
गत आवम बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ र बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
यस अवधिसम्म आउँदा बैंकको बेसरेट ५.०८ प्रतिशत रहेको छ। गत आवमा बैंकको खराब कर्जा (एनपीएल) ७.४६ प्रतिशत रहेको छ।





प्रतिक्रिया दिनुहोस्