Skip to content

राखेपको बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

काठमाडौ‌ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई मनोनयन गरे ।

हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक छन् । उनले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका छन् । ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी छन् । उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध छन् ।

हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी (गोलकिपर) हुन् । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन् । उनी विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुगेकी छिन् । उनी स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजता पनि हुन् ।

बोर्ड सदस्यमा शक्ति गौचन पनि हुन् । गौचन पूर्वक्रिकेटर हुन् । उनी कुशल प्रशिक्षक पनि हुन् । नेपाली क्रिकेटको विकासमा उनको ठूलो योगदान छ ।

बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन् । उनी बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित हुन् । सन् २००६ मा एसियन गेम्सका छनोटमा परेकी उनी नेपालबाट पहिलोपटक अन्तरराष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी भएका थिए । नेपाली महिला खेलाडीमा उनी सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुन् । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T