काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको छ।
गत आार्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको असार समान्तको तुलनामा १२.४४ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यस बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा बैंकले खुद ब्याज आम्दानी सामान्य बढाउन सफल भएको छ भने इम्पेरमेन्ट चार्ज घटाउन सफल भएको छ। जसको कारण बैंकको खुद नाफामा सुधार देखिएको हो ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेर ४ ऋबर्् ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ४ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेर ५४ करोड ९८ लाख १७ हजार रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशतmे बढेर ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ। ।
गत आवमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ।
८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा कम्पनीको कर्जा ३।३८ प्रतिशत बढेको हो। बैंकको निक्षेप भने समीक्षा अवधिमा ५।२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्