Skip to content

बीमा कम्पनीको दाबी संख्या, भुक्तानी तथा बाँकी रकम बढ्दै

काठमाडौं । गत आर्थिक वर्षमा बीमा कम्पनीको दाबी भुक्तानी बढेको छ भने कम्पनीहरुले भुक्तानी हुन बाँकी रकम समेत बढेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा जीवन तथा निर्जीबन बीमा कम्पनीले गर्ने दाबी भुक्तानी बढेको छ ।

गत आव २०८२/८३ को असार मसान्त्तसम्ममा जीवन बीमकहरुले भक्तुानी गरेको दाबीको संख्या ४ लाख १९ हजार १३६ रहेको छ । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा ३ लाख ९१ हजार १३५ रहेको थियो ।

यस्तै जीवन बीमा कम्पनीहरुले गर्ने दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा ५.८३ प्रतिशतले बढेको छ । अघिल्लो आवको असारमसान्तसम्म ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । यस्तै गत आवको सोही अवधिमा यो रकम ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको असार मसान्त्तसम्म भएको दाबी भुक्तानी संख्या र रकममा ७.१६ प्रतिशत र ५.८३ प्रतिशतले बढेको छ । भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमा तर्फ ६१.९९ प्रतिशतले बढेर १ लाख ४४ हजार १४४ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ८ लाख ८९ हजार ८१ रहेको छ ।

भुक्तानी हुन बाँकी दाबी रकममा जीवन तर्फ ४७.५२ प्रतिशतले बढेर ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ रहेको थियो । प्राधिकरणका अनुसार निर्जीबन बीमा कम्पनीको दाबी भुक्तानी संख्या ८.९४ प्रतिशतले बढेर १ लाख ६४ हजार १०१ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ लाख ५० हजार ६३९ रहेको थियो ।

यस्तै निर्जीबन बीमा कम्पनीको दाबी भुक्तानी रकम २५.५७ प्रतिशतले बढेर ३१ अर्ब ७१ करोड ९० लाख रुपैया रहेको छ । अघिल्लो आवको सोही अवधिमा २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार निर्जीबन बीमा कम्पनीको भुक्तानी हुन बाँकी रकम १०.२३ प्रतिशतले बढेर १ लाख ६ हजार २३७ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा ९६ हजार ३८१ रहेको थियो । निर्जीबन बीमा कम्पनीको भुक्तानी हुन बाँकी रकम ६३.६१ प्रतिशतले बढेर ४१ अर्ब ३ करोड २५ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा २५ अर्ब ७ करोड ९२ लाख रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T