काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई निवास र जनआस्थाको कार्यालयबाट बरामद गरिएका सामानसहित आगामी सोमबार उपस्थित गराउन आदेश दिएको छ ।
पत्नी सरस्वती श्रेष्ठद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएका हुन् ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बुधबार राति उनको निवास र बिहीबार बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री जफत गरेको छ ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हुन् ।





प्रतिक्रिया दिनुहोस्