Skip to content

वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो, ६ वटाले घटाउँदा एभरेष्टको सबैभन्दा कम (कुनको कति)

काठमाडौं । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा वाणिज्य बैंकको निष्कृय कर्जा बढेको छ ।

बैंकहरुको कर्जा औषतमा ५ प्रतिशत नाघेको छ । अघिल्लो आवको असार मसान्तमा औषतमा ४.६० प्रतिशत रहेको बैंकहरुको निष्कृय कर्जा गत आवको असार मसान्तसम्म आइपुग्दा ०.८३ प्रतिशत बिन्दुले बढेर ५.४३ प्रतिशत पुगेको छ ।

यो अवधिमा आधा दर्जन बैंकको निष्कृय कर्जा घटेको छ भने बाँकी १६ वटा बैंकको बढेको छ । निष्कृय कर्जा घटाउने बैंकमा नबिल, माछापुच्छ्रे, नेपाल, नेपाल एसबीआई, सानिमा र हिमालयन बैंक रहेका छन् । यी बैंकको निष्कृय कर्जा घट्दा बाँकी बैंकको बढेको छ । नबिल बैंकको निष्कृय कर्जा ०.२८ प्रतिशत बिन्दुले घटेर ४.२० प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकको ०.०२ प्रतिशत बिन्दुले घटेर ३.९८ प्रतिशत, नेपाल बैंकको ०.३८ प्रतिशत बिन्दुले घटेर ४.१८ प्रतिशत, नेपाल एसबीआईको ०.४३ प्रतिशत बिन्दुले घटेर २.९२ प्रतिशत, सानिमा बैंकको ०.१४ प्रतिशत बिन्दुले घटेर २.८७ प्रतिशत, हिमालयन बैंकको ०.०१ प्रतिशत बिन्दुले बढेर ७.९६ प्रतिशत रहेको छ ।

गत आवको असार मसान्तसम्म ५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा ८ वटा बैंकको रहेको छ । जसमा सिटिजन्स बैंकको ५.८८ प्रतिशत, कुमारी ७.४६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, लक्ष्मी सनराइज ५.२३ प्रतिशत, एनआईसी एशिया ९.२६ प्रतिशत, प्रभु १५.५५, हिमालयन ७.९६ प्रतिशत, प्राइम बैंकको ६.६९ प्रतिशत रहेको छ । गत आवको असार मसान्तसम्म सबैभन्दा कम निष्कृय कर्जा ०.४९ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T