काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाको तुलनामा भदौमा ब्याजदर औसतमा थप घटाएका छन् ।
बैंकहरुले प्रकाशित गरेको नयाँ आजदेखि लागू हुने नयाँ ब्याजदर औसतमा घटेको छ । बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर औसतमा ०.०३१५ प्रतिशतले घटेको छ ।
साउनमा बैंकको ब्यादजर औषतमा ४.१६ प्रतिशत रहेको थियो । भदौका लागि औषतमा ४.१३ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । कर्जाको माग न्यून छ ।
साउनको तुलनामा भदौमा ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकममा नेपाल बैंक, सिटिजन्स, स्टयान्डर्ड चार्टर्ड, कुमारी र सिद्धार्थ बैंक रहेका छन् । सिद्धार्थले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ०.२९ प्रतिशत विन्दुले घटाएको छ । नयाँ ब्याजदर ३.७६ प्रतिशत रहेको छ ।
नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज ०.१ प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याज ०.१ प्रतिशत बिन्दुले घटाएर ३.८५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.८ प्रतिशत र कुमारी बैंकको ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत रहेको छ ।
बाँकी १५ बैंकको ब्याजदर साउनकै निरन्तरता रहेको छ । भदौमा सबैभन्दा धेरै ब्याजद नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत दिने जनाएका छन् । सबै भन्दा कम कुमारी र सिद्धार्थको ३.७६ प्रतिशत रहेको छ ।






प्रतिक्रिया दिनुहोस्