काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् ।
प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर जवाफ दिन सभामुखले प्रधनमन्त्रीलाई रुलिङ गरे ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम ५७, ५८ एवं ५९ को प्रावधान बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिए ।





प्रतिक्रिया दिनुहोस्