Skip to content

सांग्रिलाका सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश, बोनस र नगत कति ?

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T